नन्दप्रसादको चिठी खड्गप्रसादलाईः खबरदार, अर्को सत्याग्रही नमार
चुहाइ धारा पसिनाका खनी खोरिया, फुटाइ बाँझो अनिदै कुरेर रात रातभर कुलो फलाएथें एक मुठी अन्न त्यही अन्नले पालेथें एउटा सानो परिवार कोपिला फक्रेझैं फक्रेथे छोराहरू खन्थे बारी, हिल्याउँथे खेत रोप्थे धान, बोक्थे बिटा अहो, क्या स्वर्ग थियो खड्गप्रसाद हो त्यो स्वर्ग नै थियो । एक दिन, एक दिन आए अपराधी राक्षसहरू लगे फूलजस्तो मेरो छोरालाई शरीर थङ्थिलो हुने गरी…